× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    जर्मनी सुन्दरी ज्यास्मिन सेलबर्गले जितिन् ६०औँ संस्करणको मिस इन्टरनेसनल २०२२ को उपाधि

    २७ मंसिर २०७९, बुधबार

    २७ मंसिर २०७९, बुधबार

    मंसिर-२८, जापानको राजधानी टोकियोमा सम्पन्न ६०औँ संस्करणको मिस इन्टरनेसनल २०२२ को उपाधि २२ वर्षीया जर्मनी सुन्दरी ज्यास्मिन सेलबर्गले चुमेकी छन्।

    विभिन्न देशका ६६ सुन्दरीले सहभागिता जनाएको प्रतियोगिताको ग्रान्ड फिनालेमा काबो भर्डीकी स्टेफ्नी अमादो फस्ट रनर्सअप, पेरुकी तातियाना गालमेल सेकेन्ड रनर्सअप, कोलम्बियाकी नतालिया लोपेज थर्ड रनर्सअप र डोमिनिकन रिपब्लिककी सेलिनी सन्तोष फोर्थ रनर्सअप घोषणा भए।

    दिगो विकासका लागि सौन्दर्य भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा सहभागी सुन्दरीले संयुक्त राष्टझ संघको सहश्राब्दी लक्ष्यको लोगोसहित क्याटवाक गरेका थिए भने पाँच महादेशका महाद्वीपीय सुन्दरीका लागिसमेत भोट गरेका थिए। जसअनुसार एसियाबाट जापान, युरोपबाट फिनल्यान्ड, अफ्रिकाबाट काबो भर्डी, ओसियानाबाट न्युजिल्यान्ड र उत्तर अमेरिकाबाट अमेरिकाले महाद्वीपीय सुन्दरीको उपाधि चुमे।