२ वर्ष पहिले
मंसिर-२६, जाजरकोटमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ ।दुर्घटनामा दुईजना घाइते भएका छन् ।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको हाे । जीप २०० मिटर तल खस्दा घटनास्थलमै ८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठले जानकारी दिए ।
दैलेखबाट बिहेका लागि जाजरकोट आएको जिप दुर्घटनामा परेको श्रेष्ठकाे भनाइ छ । प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेकाे छ ।