

३ वर्ष पहिले
कार्तिक-२५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५२ हजार ५१ जना पुगेको छ ।
२४ घण्टामा ७ सय ३१ जनाको पिसिआर परीक्षण गर्दा ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ६६ हजार ३ सय ५८ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ६ सय ८ एन्टिजन विधिबाट परीक्षण गर्दा १ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख ५० हजार १ सय ९९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा २६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८८ हजार २ सय १९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ सय ४६ जना रहेको छ। k