२ वर्ष पहिले
कार्तिक-२५,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा र हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि संभावना रहेको छ।
यस्तै,राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ।