× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कालीकोटमा मलामी गएका वडाअध्यक्ष सहित १३ जना पहिरोमा परेर बेपत्ता

    २ वर्ष पहिले

    असोज-२४,कालीकोटमा मलामी गएका १३ जना बेपत्ता भएको पुष्टि भएको छ । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार तिलागुफा नगरपालिका-४ राँचुली गाउँबाट मलामी गएका १३ जना पहिरोमा परेका हुन्

    ‘१३ जना मलामी र लासलाई पहिरोले पुरेको छ’ उहाँले भन्नुभयो– ‘पहिरो सिधै तिला नदीमा खसेको छ । नदीमा बाढी आएकाले खोजी कार्यमा भने कठिनाइ भएको छ।’ अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी जाँदै गर्दा उनीहरु पहिरोमा परेका हुन् ।

    पहिरोमा वडा अध्यक्ष परबहादुर शाहीसहित १३ जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।