३ वर्ष पहिले
असार-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २० हजार ६ सय ३५ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ३ सय ८४ जनाको पिसिआर परीक्षण गर्दा ६० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ६८ हजार ६ सय ५२ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा २ हजार १ सय ३१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १८ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ३७ हजार ७ सय २१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ सय ८ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ सय १ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ जना रहेको छ।
२४ घण्टामा २३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६७ हजार ५ सय ९८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ७ जना र भेन्टिलेटरमा १ जना रहेको छ।