× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुनको भाउ १९ सयले घट्यो, चाँदीमा १० रुपैयाँ बढ्यो

    ४ वर्ष पहिले

    असार-२३,आज (बिहीबार)पनि सुन भाउ ह्वात्तै घटेको छ भने चाँदी भाउ थोरै बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १ हजार ९ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९४ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ११ सय ८५ रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ७५ रूपैयाँमा कारोबार भएको थियोे।