× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजको मौसम: लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा राति भारी वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    असार -२३,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशका गण्ड्की लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै,राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।