× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बकर इदको अवसरमा असार २६ गते सार्वजनिक बिदाको घोषणा

    २१ असार २०७९, बुधबार

    २१ असार २०७९, बुधबार

    असार-२२,इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सरकारले असार २६ गते आइतबारका लागि सार्वजनिक बिदा घोषणा गरेको छ ।

    यसअघि फागुन २६ गते नै सरकारले सूचना प्रकाशित गर्दै उक्त पर्वका लागि सार्वजनिक बिदा दिने व्यवस्था गरेको थियो ।

    ‘उक्त पर्व वि स २०७९ असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकोले मिति २०७९ असार २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।