

४ वर्ष पहिले
जेठ-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९ हजार ४ सय ८१ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ९ सय ९० जनाको पिसिआर परीक्षण गर्दा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख १७ हजार ४ सय ४ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार २ सय ५८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख २ हजार २ सय २९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ सय ९ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ सय ९ रहेको छ भने संस्थागत आइसोलेसनमा शुन्य रहेको छ।
२४ घण्टामा ८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ६७ हजार १ सय ४५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्यापनि शुन्य रहेको छ।