

२२ जेष्ठ २०७९, सोमबार
जेठ-२३, धादिङको गजुरी बाट चोरेर इच्छाकामना गाउँपालिका ३ कुरिनघाटमा वेवारिसे अवस्थामा छाडेको स्कुटर फेला परेको छ।
फेला परेको बा८२प ४६५० नम्बरको होण्डाको स्कुटर राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखा प्रमुख अनिता श्रेष्ठको रहेको खुल्न आएको छ।
स्कुटर गत १२ गते राती राखेको स्थान बाट चोरी गरि नम्बर नखुलेको डबल क्याब बोलेरोमा राखेर गजुरी बाट चितवन तर्फ लगिएको सिसि क्यामेरामा देखिएको थियो।
सिसि क्यामेरामा चोरी भएको पत्ता लगाएपनि चोरिएको धेरै दिनपछि गए राती करिव ८ बजे इच्छाकामना ३ कुरिनघाट बाट नर्सिङटार जाने बाटोमा चापी अनमै छोडिएको अवस्थामा आज बिहान स्थानीयले प्रहरी लाई सम्पर्क गरेका थिए।
स्कुटर प्रहरीले नियन्त्रणमा लिए पछि चोरी भएको स्कुटर रहेको तथ्य पत्ता लागेको हो। स्कुटर अहिले कुरिनटार प्रहरीको नियन्त्रणमा रहेको छ।