× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना

    ४ वर्ष पहिले

    जेठ-२३, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा वर्षा भइरहेको छ ।हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ।

    आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरुका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै,