× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भरतपुरमा साना सार्वजनिक सवारी दर्ताको लागि महानगरपालिकाको सिफारिस अनिवार्य

    ११ जेष्ठ २०७९, बिहीबार

    ११ जेष्ठ २०७९, बिहीबार

    जेठ-१२,बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले भरतपुर महानगरमा चल्ने साना सार्वजनिक सवारी दर्ताको लागि स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ ।

    भरतपुर महानगरपालिका रुट लिइ चल्न चाहने चार र तीन पाङग्रे साना सार्वजनिक सवारी साधनको दर्ता सम्बन्धित स्थानीय तहको सिफारिसमा मात्र गर्नको लागि यातायात सेवा कार्यालय चितवन र मकवानपुरलाइ आदेश दिएको छ ।

    जेठ ३ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार भरतपुर महानगरपालिकाबाट साना चारपाङग्रे म्याजिक भ्यान तथा तीन पाङग्रे अटो रिक्सा सार्वजनिक साधनहरुको चापको कारण सवारी अस्तव्यस्त हुँदाँ त्यसलाई व्यवस्थित गर्न आफूहरुले पटकपटक अनुरोध गरे अनुसार निर्णय भएको यातायात ब्यवसायीहरुले बताए ।

    सम्बन्धित शीर्षकहरु