× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना गाऊँपालिकाको नयाँ नेतृत्वको चयनको लागि काउन्टडाउन शुरु, अध्यक्षमा दानबहादुर गुरुङ पक्का

    ४ वर्ष पहिले

    जेठ-४, चितवनको इच्छाकामना गाउँपालिकाको नयाँ नेतृत्वको लागि मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ।

    इच्छाकामनाको ७ वटा वडाहरु मध्ये ६ वडाको नतिजा सार्वजनिक भइसकेको र वडा नं ७ को खसेको २ हजार ४ सय ३७ मत मध्ये १ हजार मतको मतगणना भइसकेको छ।

    हालसम्म घोषित परिणाम अनुसार नेकपा एमालेको पालिका अध्यक्षको उम्मेदवार दानबहादुर गुरुङले विशाल अग्रता कायम गरी जित्ने निश्चित भएको छ।

    गुरुङ सत्ता गठबन्धनका पालिका अध्यक्ष उम्मेदवार कांग्रेसकी गिताकुमारी गुरुङलाई १ हजार ५ सय ३ मतको अग्रता कायम गरेको छ।

    इच्छाकामनामा खसेको १२ हजार ४ मत मध्ये दानबहादुर गुरुङले ५ हजार ४ सय ६० र गीताकुमारी गुरुङले ३ हजार ९ सय ५७ सय मत प्राप्त गरेको छ।

    यसैगरी उपाध्यक्षमा एमालेकी माया सिलवालले ४ हजार ७ सय २२ मत प्राप्त गरि गठबन्धनका उम्मेदवार प्रताप गुरुङ भन्दा २ सय ७१ मतले अग्रता कायम गरेको छ।

    गठबन्धनका उपाध्यक्ष उम्मेद्वार गुरुङले ४ हजार ४ सय ५१ मत प्राप्त गरेको छ।

    हाल वडा नं ७ को मत गणना भइरहेको र १ हजार मत गणना गर्दा एमाले वडाध्यक्ष उम्मेदवार बोधबहादुर गोलेले ४ सय ७९ मत प्राप्त गरेको छ भने गठबन्धनको तर्फबाट कांग्रेसको विजय गुरुङले ४ सय ८० मत प्राप्त गरेको छ।