× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    पेट्रोलको मुल्य १५० पुग्यो, निगमलाई अझै २.५ अर्ब घाटा

    ३ वर्ष पहिले

    फाल्गुण १९, काठमाण्डौ ।
    पेट्रोलियम पदार्थको मुल्य आज फेरी वृद्धि भएको छ । आज राति १२ बजे देखि लागु हुने गरी प्रति लिटर पेट्रोलको १५० र डिजेलको १३३ पु¥याएको छ । निगमले पटक पटक मुल्य वृद्धि गरेका भएपनि अझै प्रतिलिटर पेट्रोलमा १६.२८ रुपैया र प्रतिलिटर डिजेलमा ११.७८ रुपैया घाटा रहेको निगमले बताएको छ । निगमका अनुसार अझै पनि प्रति महिना २.५ अर्ब घाटा हुने जनाएको छ ।
    रुसले छिमेकी मुलुक युक्रेनमा सैन्य हमला सुरु गरेसँगै विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्दै आएको छ । आज विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११७ अमेरिकी डलर पुगेको छ । यससँगै नेपालमा आगामी दिनमा पेट्रोल र डिजेलको मूल्य थप बढने देखिन्छ ।