× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, धुमधामले मनाईदै

    २ वर्ष पहिले

    फागुन-१९, नेपालका हिमाली आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज ग्याल्पो ल्होसार पर्व मनाउँदैछन् ।

    भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ  । जसअनुसार गोरु वर्ष पूरा भई आजदेखि बाघ वर्ष लागेको छ ।

    आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ  । ग्याल्पो ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ  ।