

२ फाल्गुन २०७८, मंगलवार
फागुन-३,सरकारले बुधबार बस्ने प्रतिनिधीसभा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने तयारी गरेसँगै विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा बुधबार नेपाल बन्द गर्ने घोषणा गरेका छन्।
एमसीसी सम्झौता खारेज हुनुपर्ने माग गर्दै आन्दोलनमा रहेका नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् ।

राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदनको तयारी भइरहेको बेला यसको विरोधमा बन्द आह्वान गरिएको नेता सीपी गजुरेलले बताए ।