× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    दूग्ध विकास संस्थानले दूधमा उपभोक्ता मूल्य नौ रुपैयाँले बढ्यो

    २ वर्ष पहिले

    माघ-२८, दूग्ध विकास संस्थान (डीडीसी)ले शुक्रबारबाट लागू हुनेगरी दूधमा उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको छ । १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले किसानको कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि डीडीसीले पनि उपभोक्ता मूल्य बढाएको हो ।

    सरकारले किसानको मूल्यवृद्धिपछि डीडीसीले पनि उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएर ८५ रुपैयाँ पुर्याएको छ । यसअघि डीडीसीले उपभोक्तालाई मूल्य प्रतिलिटर ७६ रुपैयाँमा बिक्री गर्दै आएको थियो ।

    डीडीसीका अनुसार प्रतिलिटर ९ रुपैयाँ बढाउँदा काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ । यसैगरी, बुटवल र भैरहवामा एक लिटरको मूल्य ८१ र नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर मूल्य ७९ रुपैयाँ कायम भएको छ ।

    मन्त्रिपरिषद्को बैठकले किसानले पाउने दूधको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वृद्धि गरी ५६ रुपैयाँ चार पैसा पु¥याउने निर्णय गरेको थियो ।

    डीडीसीले कच्चा दूधको मूल्यवृद्धिसँगै ढुवानी भाडा लागत खर्च बढेको हुँदा वैज्ञानिक आधारमा स्टान्डर्ड दूधको मूल्य बढाउने निर्णय गरेको जनाएको छ ।

    कच्चा दूधको मूल्यवृद्धिपछि दूग्ध विकास बोर्ड र डीडीसीले दूधको प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा माग पत्र पठाएका थिए । सो मागअनुसार मन्त्रालयले बुधबार उपभोक्ता मूल्य निर्धारण गर्न डीडीसीलाई सहमति दिएको थियो । मन्त्रालयले बुधबार ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफको आधार मूल्य बढाउन डीडीसीलाई अनुमति दिएको थियो । मन्त्रालयले डीडीसीलाई उपभोक्ता मूल्यवृद्धि गर्न अनुमति दिएपछि डीडीसीले पनि मूल्य बढाउने निर्णय गरेको हो ।