× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३६३७ संक्रमित थपिए, निको हुनेको संख्या ७५५५

    ३ वर्ष पहिले

    माघ-१९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १० लाख ९१ हजार ८ सय ८८ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ४ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा २ हजार २ सय ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५२ लाख ४७ हजार १ सय ४९ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ५ हजार ८३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार ४ सय ३२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख ७८ हजार ७ सय ९२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २ सय ९१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६७ हजार ८ सय २५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ४ सय ६६ जना रहेको छ।

    २४ घण्टामा ७ हजार ५ सय ५५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ७८ हजार ७ सय २० जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८०.४७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १२ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ६४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ३८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ७० जना र भेन्टिलेटरमा ५२ जनाको उपचार भईरहेको छ।