३ वर्ष पहिले
माघ-१८, सरकारले सोनाम ल्होछारको अवसरमा भोलि देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होछारको उपलक्ष्यमा माघ १९ गते देशभर नै सार्वजनिक विदा दिने निर्णय गरेको हो।
सोमवार नै वाग्मती प्रदेश सरकारले पनि सोनाम ल्होछारमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
सोनाम ल्होछार पर्वलाई तामाङ र ह्योल्मो समुदायले विशेष महत्वका साथ मनाउने गर्दछन्।