× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ८४५४ संक्रमित थपिँदा ५ जनाको मृत्यु

    ३ वर्ष पहिले

    माघ-१२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १० लाख ५४ हजार ८ सय ८८ जना पुगेको छ ।

    २४ घण्टामा १३ हजार ५ सय ४९ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ५ सय ७१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५१ लाख ६९ हजार ६८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ६ हजार ८ सय १० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ हजार ८ सय ८३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख ४१ हजार २ सय ४५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ८७ हजार १ सय १७ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ८ सय १७ जना रहेको छ।

    २४ घण्टामा ४ हजार ४ सय ३३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ३१ हजार ७ सय १२ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७८.७४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ७१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ५१ जना र भेन्टिलेटरमा ४८ जनाको उपचार भईरहेको छ।