× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण,पत्रकार सम्मेलन स्थगित

    ४ वर्ष पहिले

    माघ-९, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। शनिबार पीसीआर विधिबाट परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको सचिवालयले जानकारी दिएको छ।

    केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएको थियो। उनी हाल बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्।

    सुरुमा एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएपछि ओली दम्पतीले शनिबार पीसीआर परीक्षण गराएका थिए।संक्रमण पुष्टि भएपछि अहिले ओली दम्पती आफ्नो निवासमा नै आइसोलेसनमा रहेका छन्।

    अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएसँगै आज गर्ने भनिएको पत्रकार सम्मेलनसमेत रोकिएको छ। अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे केहीबेरमा औपचारिक प्रेस वक्तव्यमार्फत जानकारी दिने एमालेले बताएको छ ।