× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    केही प्रदेशको पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी एवं हिमाली भेगमा हिमपातको सम्भावना

    ३ वर्ष पहिले

    माघ-८, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिम वायुको प्रभावका कारण केही प्रदेशको पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी एवं हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

    देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखी पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

    यस्तै राती देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ। छ।सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।