× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १२३३८ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ५७३२८ पुग्यो

    ३ वर्ष पहिले

    माघ-६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ९५ हजार ८ सय ८८ जना पुगेको छ ।

    २४ घण्टामा २१ हजार ७ जनाको पिसिआर परीक्षण गर्दा १० हजार ५२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५० लाख ७५ हजार २ सय ५ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ६ हजार ४ सय ९० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ हजार २ सय ८६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख ७ हजार ८ सय २३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३ सय २८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५५ हजार ८ सय ३६ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ४ सय ९२ जना रहेको छ।

    २४ घण्टामा ६ सय ४९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १८ हजार ८ सय ९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८२.२१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय २५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ८६ जना र भेन्टिलेटरमा २७ जनाको उपचार भईरहेको छ।