× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    जिल्ला प्रशासन कार्यालय चितवनको अत्यावश्यक बाहेक अन्य सेवा बन्द

    ३ वर्ष पहिले

    माघ-६, जिल्ला प्रशासन कार्यालय चितवनले भोली शुक्रवार देखि शान्ति सुरक्षा र मुद्दा सम्बन्धी अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने जनाएको छ ।

    कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको भन्दै भोली शुक्रवार देखि माघ १४ गते सम्मलाई कार्यालयको अन्य सेवा बन्द गरिएको जनाइएको छ ।

    कार्यालयले विहीबार सुचना जारी गरी अत्याबश्यक सेवा लिन आउने सेवाग्राहीले अनिवार्य स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरी साथमा खोप कार्ड समेत लिएर आउनु आग्रह गरेको छ ।