× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४९६१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ४३५

    ३ वर्ष पहिले

    माघ-२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६१ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ५५ हजार २ सय ६ जना पुगेको छ ।

    २४ घण्टामा १२ हजार ५ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार ५ सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५० लाख ४ हजार २ सय ३४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ५ सय ६९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ सय २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ८७ हजार ५ सय ९५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ८० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २४ हजार ५ सय ५८ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ९६ जना रहेको छ।

    २४ घण्टामा ४ सय ३५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १६ हजार ४ सय ३८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.४७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय २१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय २२ जना र भेन्टिलेटरमा २९ जनाको उपचार भईरहेको छ।