× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    देशभर आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान

    १ माघ २०७८, आईतवार

    १ माघ २०७८, आईतवार

    माघ-२, आज देशभर आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।

    विभागको अनुसार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहनुका साथै तराईका केहि स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

    आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।

    यस्तै राती गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।

    सम्बन्धित शीर्षकहरु