× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    धादिङको रुबी भ्यालीमा पहिरो खस्दा डोजर चालक सहित ३ जना पुरिए

    ४ वर्ष पहिले

    पुष-२९, धादिङको रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका छन्।

    जिल्ला प्रहरी कार्यालय धादिङले जनाए अनुसारको आज बिहान साढे आठ बजे पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि प्रहरी टोली परिचालन गरिएको छ ।

    पहिरोमा डोजर चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको भनेर स्थानीयले खबर गरेको जनाएका छ।

    घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आइनसकेको जनाइएको छ ।