× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एमालेको प्रदेश अधिवेशन सर्‍यो

    ३ वर्ष पहिले

    पुष-२७,देशभर कोरोना संक्रमणको दर तीव्र रुपमा बढेपछि नेकपा एमालेले माघ ८ गतेलाई तय गरेको प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ ।

    एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन आगामी माघ २८ र २९ का लागि सारिएको जानकारी दिनुभयो ।

    मंसिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।