× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    एमाले चितवनको जिल्ला अधिवेशन पुन स्थगित

    ४ वर्ष पहिले

    पुष-२६, कोरोना (कोभिड १९) को कारण देखाउँदै नेकपा (एमाले) चितवनको १० औं जिल्ला अधिवेशन अर्को सुचना नआए सम्मको लागि दोस्रो पटक पुन स्थगित भएको छ ।

    सर्वसम्मत सहमतिको प्रयासका लागि भन्दै यस अघि अधिवेशनको बन्दसत्रलाई स्थगित गर्दै पुष २६ गते बिहानबाट पुनः सुरु गर्ने निर्णय गरिएको थियो।

    तर सरकारले आजदेखि लागु हुनेगरी भेला,मेला महोत्सव र सभा सम्मेलनमा कडाइ गरेपछि एमाले चितवनले निर्वाचन स्थागित गरेको जनाएको छ ।

    एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जिल्ला प्रशासन कार्यालय चितवनको अनुरोधका आधारमा पार्टी कार्यालयमा आज हुने भनिएको भेला स्थगित गरिएको हो ।जिल्ला नेतृत्व छान्न सहमतीका लागि आज पनि नेताहरु छलफलमा जुटेका छन् ।