× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एमाले चितवनको जिल्ला अधिवेशन २६ गतेसम्मको लागि स्थगित

    ३ वर्ष पहिले

    पुष-२४, नेकपा (एमाले) चितवनको १० औं जिल्ला अधिवेशन पुष २६ गतेसम्मका लागि स्थगित भएको छ ।

    सर्वसम्मत सहमतिको प्रयासका लागि भन्दै अधिवेशनको बन्दसत्रलाई स्थगित गर्दै २६ गते बिहानबाट पुनः सुरु गर्ने निर्णय गरिएको एमाले चितवनले जनाएको छ । २६ गते बिहान पार्टी कार्यालयमा बन्दसत्र हुनेछ ।

    चितवन जिल्ला अध्यक्ष बन्नका लागि एमाले नेताहरु रामप्रसाद न्यौपाने, कमल पाठक, तेजेन्द्र खड्का र कृष्ण भुर्तेलले आकांक्षा देखाएका छन् ।