× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ५४० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २७१

    ३ वर्ष पहिले

    पुष-२२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ४० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २७ हजार ६ सय ५६ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार २ सय २० जनाको पिसिआर परीक्षण गर्दा ४ सय ७८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४९ लाख १ हजार ७ सय ४२ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार ८ सय ९० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ४४ हजार ३ सय ९४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार ६९ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ६२ जना रहेको छ।

    २४ घण्टामा २ सय ७१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १३ हजार ४ सय ४७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७९ जना र भेन्टिलेटरमा १४ जनाको उपचार भईरहेको छ