× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४३५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २३९

    ३ वर्ष पहिले

    पुष-२१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २७ हजार १ सय १६ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ७ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ५५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४८ लाख ९४ हजार ५ सय ३३ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार ५ सय ५२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ३९ हजार ५ सय ४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ८ सय ५२ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ७३ जना रहेको छ।

    २४ घण्टामा २ सय ३९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १३ हजार १ सय ७६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य संख्या रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८४ जना र भेन्टिलेटरमा १४ जनाको उपचार भईरहेको छ