× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रेशम चौधरीले आफ्नो श्रीमतीको अध्यक्षतामा निर्वाचन आयोगमा नयाँ दल दर्ता गराए

    ३ वर्ष पहिले

    पुष-१९, कारागारमा रहेका सांसद रेशम चौधरीले आफ्नो श्रीमतीको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन् ।

    साेमबार गाँजाबाजासहित सांसद चौधरीका श्रीमती रञ्जिता श्रेष्ठको टोलि नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा पुगेका हुन्।

    डिल्लिबजार कारागारमा रहेका चौधरीले आफ्नै अध्यक्षतामा पार्टी गठन गर्न लागे पनि कानुनी प्रक्रियाअनुसार अड्चन भएपछि श्रीमतीको नाममा पार्टी गठन गरेका हुन्।

    चौधरीले पार्टी दर्ताका लागि आफैं आयोग जान खोजे पनि उनी जान पाएनन्।चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या आरोपमा उनी जेलमा रहेका छन्। यसअघि चौधरी राष्ट्रिय जनता पार्टीमा आवद्ध थिए।