× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज तोल ल्होसार: प्रचलनमा रहेका ल्होसार मध्येको सबैभन्दा पुरानो ल्होसार

    ३ वर्ष पहिले

    पुष-१९, प्रचलनमा रहेका ३ वटा ल्होसार मध्ये तोल ल्होसार सबैभन्दा पुरानो ल्होसार हो । तोल ल्होसार अन्य ल्होसार को उद्गम मानिन्छ। तोलको अर्थ समयचक्र हुन जान्छ । त्यसैले यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ ।

    दुईवटा शब्द लो’ ‘सार’ मिलेर बनेको ल्होसारको अर्थ भोट, भुटानी, शेर्पाली, डोल्पाली, इत्यादि भाषा अनुरुप ‘लो’ को अर्थ बर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ । खासगरी यो चाड वा पर्व नयाँ बर्षको आगमनको लागि मनाउने गरिन्छ । ल्होसारलाई लोसार, ल्होछार पनि भन्ने गरेको पाइन्छ । मुख्यतया हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले मनाउने चाडपर्व हो ।

    नेपालका हिमाली जिल्लाहरु डोल्पा, मुगु, मनाङ्ग, हुम्ला, जुम्ला, र तिब्बत तथा भुटानका वा भुटानी मूल भएर नेपालमा बसोबास गर्ने मानिसहरुले प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाको दिनमा रमाईलो गरि धुमधामका साथ मनाउने गर्दछन । सोनाम ल्होसार मनाए जसरी मनाइने यो चाडको दिन मात्र फरक हुने गर्दछ ।

    आजको दिन घर आगन लिपपोत गरी शुद्ध पारिन्छ र स्नान गरी पुजा गरिन्छ । लामा पुरोहितबाट वा घरको मुल व्यक्तिबाट पुजा आजा गराई गहुँको पिठो आकाशतर्फ उडाएर देवीदेवताको विजय र भुत प्रेतको पराजय होस् भनि प्रार्थना गरिन्छ । अनि अग्रज तथा मान्यजनबाट आशिर्वाद लिँदै फुरौला,बाबरी रोटी, कन्दमुल आदि ग्रहण गरिन्छ ।