× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो, पछिल्लो २४ घण्टामा ३८२ जना कोरोना भाइरस संक्रमित थपिए

    ३ वर्ष पहिले

    पुष-१७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २५ हजार ७ सय ६६ जना पुगेको छ ।

    २४ घण्टामा ५ हजार ७ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४८ लाख ६४ हजार ३ सय ६२ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १५ हजार ९ सय ५२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख २८ हजार ७ सय ७३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ६९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ७ सय २८ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ४१ जना रहेको छ।

    २४ घण्टामा २ सय ५२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १२ हजार २ सय १० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८९ जना र भेन्टिलेटरमा २७ जनाको उपचार भईरहेको छ ।