३ वर्ष पहिले
पुष-११, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।पहाडी भू-भागमा हल्का वर्षाको संभावना रहेको भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
आज दिउँसो देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराइका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी राती देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराइका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागहरु केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।