× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तराईमा हुस्सु/कुहिरो तथा प्रदेश नं १ को पहाडी तथा हिमाली भू-भागमा हिमपातको संभावना

    ३ वर्ष पहिले

    पुष-७, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु/कुहिरो रहेको छ।

    आज दिउँसो देशको पहाडी भू-भागमा आँशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

    त्यसैगरी राती देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

    जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै तराईका भू-भागहरुमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत अनुरोध गरेको छ।