× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन क्षेत्र नं २ का प्रदेशसभा सांसद दाहाल बागमति प्रदेश काे श्रम तथा राेजगार यातायात मन्त्री नियुक्त

    ३ वर्ष पहिले

    मंसिर-२८, चितवन क्षेत्र नं २ का प्रदेशसभा सांसद घनश्याम दाहाल ‘अविनास’ बागमति प्रदेश काे श्रम तथा राेजगार यातायात मन्त्री बन्नु भएको छ ।

    वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार मन्त्रिपरिषद विस्तार गर्ने क्रममा माओवादी केन्द्रका सांसद घनश्याम दाहाल ‘अविनास’ मन्त्री नियुक्त हुने भएको हो ।

    माओवादी कोटाबाट मन्त्री बन्ने अन्य प्रदेश सांसदहरुमा विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री छन् ।

    त्यसैगरी एकीकृत समाजवादी पार्टीको कोटाबाट बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् । इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् ।

    वागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बाट बढाएर १४ पुर्‍याइएको छ।