३ वर्ष पहिले
मंसिर-२८, नदीजन्य पदार्थको चोरी निकासी कार्यमा संलग्न विभिन्न सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले मंसिर २५ गते भोजाडबाट ३ वटा ट्रयाक्टर तथा मंसिर २० गते जुटपानी एरियाबाट दुई वटा जेसीबी, चार टिपर र एक ट्याक्टर नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका सवारीसाधनलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति चितवनमा बुझाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।