× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३७६

    ३ वर्ष पहिले

    मंसिर-२८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २० हजार ५ सय ३९ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ३ सय ९२ जनाको पिसिआर परीक्षण गर्दा २ सय २९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४७ लाख ३४ हजार ५ सय ८६ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार ३ सय १७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ६७ हजार ६ सय ४२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ५९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार ३ सय ५६ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ३ जना रहेको छ।

    २४ घण्टामा ३ सय ६२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ७ हजार ५ सय १६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय २० जना र भेन्टिलेटरमा २७ जनाको उपचार भईरहेको छ ।