× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २५४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २३४

    ३ वर्ष पहिले

    मंसिर-२६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २० हजार ४ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार २ सय ६८ जनाको पिसिआर परीक्षण गर्दा २ सय ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४७ लाख १४ हजार ७ सय ७८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ४ सय १४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ६० हजार ५ सय ५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ९० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार ६ सय १ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ८९ जना रहेको छ।

    २४ घण्टामा २ सय ३४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ६ हजार ५ सय ४४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.६९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय १८ जना र भेन्टिलेटरमा ३४ जनाको उपचार भईरहेको छ ।