× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना गाउँपालिका अध्यक्ष गुरुङले केन्द्रीय सदस्यको लागि ३६ उम्मेद्वारसंग प्रतिस्पर्धा गर्ने

    ३ वर्ष पहिले

    मंसिर-२६, चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाका अध्यक्ष गीता कुमारी गुरुङले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको लागि ३६ जना सँग प्रतिस्पर्धा गर्ने भएकी छन्।

    कांग्रेस नेतृ गुरुङले आदिवासी जनजाति महिला अन्तर्गतको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएकी हुन्। सो पदमा ३७ जनाले उम्मेदवारी दर्ता गराएकी छन्। जसमध्ये ७ जना निर्वाचित हुनेछन्।

    आदिवासी जनजाति महिला अन्तर्गतको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेहरूमा गिता कुमारी गुरुङ हरुमा संगिता मण्डल धानुक, सीता कुमारी राना, गंगा लक्ष्मी अवाल, सृजना श्रेष्ठ, राधा घले, मन कुमारी गुरुङ, सरस्वती वजीमय, निर्मला तामाङ्ग बस्नेत, गौरी कुमारी लामा, प्रमिला राई, दिल कुमारी राई, कुशुम देवी थापा, अनु गुरुङ्ग, सरस्वती चौधरी, हिरा गुरुङ, शोभा चेम्जोङ पालुङवा, माया राना, सुशीला थिङ, रत्न शेरचन, राज्य लक्ष्मी श्रेष्ठ, अन्जली श्रेष्ठ, सत्य भामा श्रेष्ठ, उषा गुरुङ, माया राई, यमुना देवी श्रेष्ठ, रेखा गुरुङ, अञ्जना ताम्ली, धनादेवी थापा मगर, सीता गुरुङ, सुनयना पालिखे, शान्ता कुमारी तामाङ, जानिमाया थापा (शेर्पा), छुल्दी ल्हमु शेर्पा थापा मगर, कमला राजभण्डारी, हरिप्रभा खड्गी रहेकी छन् ।