× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एमसीसीको विरोधमा यही मंसिर २८ गते चितवन वन्दको घोषणा

    ३ वर्ष पहिले

    मंसिर-२५, एमसीसीको विरोधमा यही मंसिर २८ गते चितवन वन्दको घोषणा गरिएको छ ।

    एमसीसी खारेजी अयिभान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै २८ गते चितवन वन्दको आब्हान गरेको हो ।

    आज (शनिवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी १३ वटा राजनीतिक दलको समर्थनमा बन्द आब्हान गरिएको दाबी गरिएको छ ।

    संघर्ष समितिका सचिव अजीव पौडेलले बन्दमा माधव कुमार नेपाल नेत्तृत्वको नेकपा एकिकृत समाजबादरी र विप्लव नेतृत्वको नेकपा लगायतका १३ दलको समर्थन आफुहरुलाई रहेको बताए । उनले बन्द गर्नु आफुहरुको रहर नभई बाध्यता भएको बताए ।

    बन्दका दिन शैक्षिक संस्था,कलकारखाना,बजार र यातायात बन्द रहने पौडेलले जानकारी दिए ।

    यही २८ गते संसदको बैठक आब्हान गरिएको छ । सोही दिन एमसीसीको बिषयमा पनि निर्णय गर्ने तयारी सरकारले गरेको छ ।

    संघर्ष समितिले चितवनमा हस्ताक्षर अभियान र मसाल जुलुस लगायतका कार्यक्रम गर्ने जनाएको छ ।नारायणी अनलाइनबाट