× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २५९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३३७

    ३ वर्ष पहिले

    मंसिर-२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १९ हजार ५ सय १४ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ४ सय ४२ जनाको पिसिआर परीक्षण गर्दा २ सय ३२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४७ लाख ३ हजार ३ सय ३८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार १५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ५४ हजार ५ सय ८५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ९७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार ७ सय २० रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ७७ जना रहेको छ।

    २४ घण्टामा ३ सय ४७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ६ हजार २ सय ३७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.६८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय १५ जना र भेन्टिलेटरमा ३१ जनाको उपचार भईरहेको छ ।