× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

    ३ वर्ष पहिले

    मंसिर-२४, “समानता, असमानता न्यूनीकरण, मानव अधिकारको विकास” भन्ने नाराका साथ आज ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइदै छ ।हरेक वर्ष डिसेम्बर १० विश्वभर मानवअधिकार दिवस मनाउने गरिन्छ । नेपालमा पनि यो मनाईने गरिन्छ ।

    सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिवसको सम्झनास्वरुप हरेक डिसेम्बर १० का दिन यो दिवस मनाईन्छ । मानव अधिकार विश्वव्यापी घोषणापत्र संयुक्त राष्ट्रसंघको साधारण सभाले प्रस्ताव नं. २१७ क (३) बाट अनुमोदन गरि जारी भएको हो । यसमा ३० धाराहरू रहेका छन् ।

    घोषणापत्रमा सबै ब्यक्तिहरू जन्मजात स्वतन्त्र र प्रतिष्ठा तथा अधिकारमा समान हुने उल्लेख छ । त्यसैगरि सबै ब्यक्तिहरू कानूनको दृष्टिमा समान हुने जस्ता विषय उल्लेख छ ।

    ७३ औं मानवअधिकार दिवस मनाउदै गर्दा नेपालमा मानवधिकारको विषय संवैधानिक रुपमा बलियो बनेको छ । तर कार्यान्वयनको अवस्था फितलो हुँदा दण्डहिनता बढ्दै गएको छ ।

    पछिल्लो समय बढ्दै गएको यौनजन्य हिंसा, हत्या तथा द्वन्द्वका पीडितहरुले अझै न्याय पाउन सकेका छैनन् । यस्तै अरु सामाजिक न्याय प्राप्त गर्ने विषयमा समेत समस्या देखिएको छ ।

    बलात्कार पीडित, एसिड पिडितले न्याय नपाउनु तथा युद्धका पीडितहरुको न्यायका लागि गरिएको ढिलासुस्ती नेपालको न्याय र मानवअधिकारको क्षेत्रमा कमजोर पक्ष बनेका छन् । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पुगिसक्दा पनि द्वन्द्वपीडित अझै न्यायको खोजीमा छन् ।

    प्रत्यक्ष सहभागी नभएको तर द्वन्द्वमा आफन्त मारिएका र बेपत्ता भएका परिवार अझै पीडामा छन् । द्वन्द्वपीडित परिवारलाई सरकारले अन्तरिम राहतस्वरुप रकम त वितरण गरेको छ । तर पीडकले सजाय पाएका छैनन् । ७३ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइरहँदा पनि द्वन्द्वपीडित भने न्यायका लागि भौँतारिरहेका छन् ।