× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनको इच्छाकामना र गोरखाको लखन थापा गाँउपालिका वरपर विद्युत सेवा अवरुद्ध हुने

    २३ मंसिर २०७८, शुक्रबार

    २३ मंसिर २०७८, शुक्रबार

    मंसिर-२४, चितवन जिल्लाको इच्छाकामना र गोरखाको शहीद लखन थापा गाउँपालिका वरपर भोलि शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत प्राधिकरण, फ्युज शाखा मुग्लिनका प्रमुख शेषमणी अधिकारीले दिएको जानकारी अनुसार पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिकाको केबलकार, कुरिनटार देखि मोबाखोला सम्मका जिर्ण भएका पोल निकालेर नयाँ पोल राख्ने काम भएको हुदाँ आज बिहान ८:०० बजे देखि साँझ ५:०० बजे सम्म विद्युत अवरुद्ध भएको र भोलि शनिबारपनि सो कार्यलाई निरन्तरता दिनको लागि बिहान ८:०० बजे देखि साँझ ४:०० बजे सम्म विद्युत अवरुद्ध हुने भएको छ।

    मुग्लिङ फिडर अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका केवलकार, कुरिनटार, लेवाटार, चुम्लिङ फिस्लिङ र मोवाखोला तथा गोरखाको शहिद लखन गाउँपालिका अन्तर्गत भुम्लिचोक, मकैसिंग क्षेत्रमा विद्युत अबरुद्ध हुने जनाएको छ।

    तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सेवा पनि अगावै सुचारु हुने समेत अधिकारीले पनि जनाएको छ।