× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एमाले अध्यक्षमा केपी शर्मा ओली भारी मतका साथ विजयी

    ३ वर्ष पहिले

    मंसिर-१४, नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा केपी शर्मा ओली अध्यक्षमा भारी मत अन्तर प्राप्त गरी विजयी भएका छन् ।

    मंगलबार भएको निर्वाचनमा भीम रावललाई पराजित गर्दै ओली पुनः निर्वाचत भएका हुन्।निर्वाचन अधिकृत कमल पाठकका अनुसार ओलीले १८४० मत पाउँदा भीम रावलले २२४ मत प्राप्त गरेका थिए । ओलीले निटकतम प्रतिद्वन्द्वी रावलभन्दा १६१६ बढी मत ल्याएर विजयी भएका हुन् ।

    चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन्।