× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन क्षेत्र नं २ कांग्रेस सभापतिमा भरत लामिछाने

    ३ वर्ष पहिले

    मंसिर-७, नेपाली कांग्रेस चितवन क्षेत्र नं २ क्षेत्रीय सभापतिमा भरत लामिछाने निर्वाचित भएका छन्। १४औं महाधिवेशन अन्तर्गत भएको क्षेत्रीय अधिवेशनमा निकटम प्रतिद्वन्द्वी लक्ष्मण गुरुङलाई ५८ मतको अन्तरले पराजित गर्दै लामिछाने सभापतिमा निर्वाचित भएका हुन् ।लामिछानेले ५०३ मत प्राप्त गरे भने गुरुङले ४४५ मत प्राप्त गरे ।

    यस्तै सचिवमा निर्मल कुमार राना र प्रल्हाद उप्रेती निर्वाचित भएका छन् । रानाले ४५५ र उप्रेतीले ४०६ मत प्राप्त गरे । अन्य प्रतिस्पर्धीहरु काशीराम गिरी (३६२), विकास पौडेल (३४९) र ध्रुवराज सुवेदी (१७७) मत प्राप्त गरे ।

    यसैगरि सह–सचिवमा श्रृजना बसौला देवकोटा र कृष्णकुमारी पन्त निर्वाचित भएका छन् । पन्तले ३७८ र बसौलाले ३१२ मत प्राप्त गरे । भवानीदेवी अधिकारी (३०६), रामजी पौडेल (२९७), विष्णुहरि खनियाँ (१९१), इन्द्रबहादुर घलान (१२४) र महेन्द्र थापा मगर (११९) मत प्राप्त गरे ।