× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा कार्तिक ३० गते नेपाल बन्दको घोषणा

    ३ वर्ष पहिले

    कार्तिक-२५, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनसँगै कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।

    महासचिव चन्दले बिहीबार एक वक्तव्य जारी गर्दै नेपाल बन्दको घोषणा गरेका हुन्। कार्तिक २४ गतेबाट पाँच दिनसम्म विभिन्न आन्दोलन गरेपछि ३० गते नेपाल बन्द गर्ने वक्तव्यमा उल्लेख छ।

    घोषित आन्दोलनको अनुसार कार्तिक २५ गते दिउँसो देशव्यापी विरोध प्रदर्शन, २६ गते प्रचारप्रसार तथा मसाल जुलुस, २७ गते देशभर एक घण्टा विरोध प्रदर्शन, २८ गते चक्का जाम, २९ गते सिठ्ठी र मसाल जुलुस गर्दै ३० गते नेपाल बन्दको घोषणा गरिएको हो।